नेपाल सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
पशु सेवा विभाग
केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्र
प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र
हेटौडा
परिचय

काठमाडौं तथा स्थानिय हेटौंडा बजारको लागि खाने माछा उत्पादन गरी आपूर्ति गर्ने उद्देश्यले हेटौंडा व्यवसायीक मत्स्य केन्द्रको नामले २०२४ सालमा स्थापना गरिएको हो। पछि मानिसहरुको स्वास्थ्यप्रति सचेतना बढ्दै जानु र केन्द्रबाट प्रविधि विस्तारमा विशेष प्राथमिकता दिँदा खाने माछाको माँग हरेक क्षेत्रहरु पहाड, तराईमा बड्दै जान थाल्यो साथै अर्को तर्फ अरु वालीको तुलनामा बढी फाइदा हुने भएकोले बढी संख्यामा कृषकहरुको पनि माछा उत्पादन कार्यमा रुची बढ्दै गएकोले तथा तराई क्षेत्रमा माछा पालन क्षेत्र दिनानुदिन बिस्तार हुँदै गएकोले माछा भुराको आपुर्ति ठूलो चुनौतिको रुपमा आउन थाल्यो तसर्थ गुणस्तरीय माछा भुरा उत्पादन तथा बिक्री वितरण कार्य गर्ने उद्देश्यले २०४९ सालमा व्यवसायीक मत्स्य केन्द्रलाई पुनः मत्स्य विकास केन्द्र नामाकरण गरियो। देशको राजनीतिक परिवर्तन २०७५ सालमा आएर संघीय  संरचना अनुसार यस केन्द्रको नामाकरण परिवर्तन भई प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र, हेटौडा हुन गएको हो।यो बागमित प्रदेशको मकवानपुर जिल्ला स्थित हेटौडा उपमहानगरपालिका वाड नं. ५ पिप्लेमा अवस्थित छ।यो केन्द्र ४७.०९ हेक्टर क्षेत्रफलमा फैलिएको छ।यस केन्द्रको हावापानी समशितोष्ण र अधिकतम् तापक्रम ३२३६ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम १४१५ डिग्री सेल्सियस रहने गर्दछ।यो केन्द्र समुद्रि सतह बाट १४३५ फिट उचाईमा रहेको छ।

 

यस केन्द्रको प्रारम्भिक निर्माणमा राष्ट्र संघिय विकास कार्यक्रम अन्तर्गत विश्व खाद्य कार्यक्रमबाट सहयोग उपलब्ध भएको थियो। आ.व. २०३७।३८ देखि केन्द्रको गतिविधिलाई अघि बढाउन एसियाली विकास बैंकको ऋण सहयोग एवं राष्ट्र संघीय विकास कार्यक्रमको प्राविधिक सहयोगमा तात्कालिन श्री ५ को सरकारले मत्स्य विकास आयोजनाको प्रथम चरणमा समाबेश गरेको थियो।यसै गरी पुनः आ.व. २०४४।४५ मा यस केन्द्रको कार्य क्षमतालाई बढी व्यापक एवं प्रभाबकारी बनाउन

 

यस केन्द्रमा मत्स्य प्रजनन् तथा हाँस प्रजनन् को सुरुवात निम्म उल्लेखित समयमा भएको थियो:

मत्स्य प्रजनन् कार्यको सुरुवात

  • कमन कार्प: २०२७।२८ साल
  • चाइनिज मेजर कार्प: २०२९।३० साल
  • इण्डियन मेजर कार्प: २०३१।३२ साल

यस केन्द्रले न्यानो पानीमा फस्टाउने , सरकारी स्तरबाट सिफारिस गरिएका विभिन्न स्वदेशी माछाहरु रहु, नैनी र भाकुर तथा विदेशी माछाहरु कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प र ग्रास कार्प गरि जम्मा ७ जातका माछाको गुणस्तरीय माछा भुरा उत्पादन गरी विभिन्न जिल्लाका मत्स्यपालक कृषकहरुलाई उपलब्ध गराउने, खाने माछा उत्पादन तथा बिक्रिवातरण गर्ने साथै यस केन्द्रको कार्य क्षेत्र देसै भरि रहने गरि प्राकृतिक जलाशयमा जलीय जैविक विविधता कायम राख्नको लागी अध्ययन, संरक्षण, प्रबर्द्धन तथा समुचित व्यवस्थापनगर्न मुख्य जिम्मेवारी समेत प्रदान गरेको छ। हाल यस केन्द्रले प्राकृतिक जलाशयमा आश्रित जनसमुदायहरुको सामाजिक-आर्थिक स्तर उन्नति र जीविकोपार्जनसंग सम्बन्धित विभिन्न किसिमको कार्यक्रम लगायत देसै भरीका जिल्लाहरुमा संचालित मत्स्य पालन कार्यक्रम, खोला-नाला, ताल-तलैया, घोल, सिमसार क्षेत्र आदिमा संचालन हुने मत्स्य सम्बन्धी  कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न रही आवश्यक प्राविधिक तथा प्रयोगशाला सेवा सम्बन्धी सहयोग गर्ने गरिएको छ।

 नेपाल सरकारको निति अनुरुप केन्द्रको विद्यमान भौतिक सुबिधाको समुचित उपयोग गरी केन्द्रलाई व्यवसायमुलक बनाउन विभिन्न जिल्लाका मत्स्य पालक कृषकहरुलाई उन्नत प्रविधि अनुकरण गर्न उत्साहित गर्नकेन्द्रमा कार्यरत कर्मचारीहरुलाई प्रोत्साहित गरी कार्यमा लगनशील बनाउने  उद्देश्यले गर्न आ.व २०६१।०६२ देखि यस केन्द्रमा दोहोरो मार्ग व्यवस्थापन प्रणाली कार्यक्रम संचालन भइ रहेको छ ।


उदेश्यः

v प्राकृतिक जलाशय अन्तर्गत रहेका मत्स्य तथा जलिय जीव तथा वनस्पतीहरुको संरक्षण एवं प्रवर्द्धन सम्वन्धी कार्य गर्ने।

v प्राकृतिक जलाशयहरुको तथ्याङ्क अध्यावधिक गर्ने।

v प्राकृतिक जलाशयहरुमा आश्रित समुदाय तथा विभिन्न प्रजातिका माछाको तथ्याश्र्क अध्यावधिक गर्ने।

v प्राकृतिक जलाशय मत्स्य सम्वन्धी कार्यका लागी राष्ट्रिय स्तरमा फोकल अफिसका रुपमा काम गर्ने।

v मत्स्यपालन तथा प्राकृतिक जलाशय मत्स्य संरक्षण एवं प्रवर्द्धन कृयाकलापमा संलग्न समुदायको क्षमता अभिवृद्धि गर्ने।

v कार्प माछाको गुणस्तरीय वीज उत्पादन तथा विक्रिवितरण गर्ने।

v दोहोरोमार्ग व्यवस्थापन प्रणाली संचालन गरी फार्मको उत्पादकत्व वृद्धि गर्ने।

केन्द्रको कार्य विवरणः

१.   प्राकृतिक जलाशय(नदी, घोल, ताल एवं सिम, रिजर्भ्वायर) र त्यसमा रहेका माछालगायत जलीय जीवहरुको सूची(Inventory)तयार एवं अद्यावधिक गर्ने।

२.   प्राकृतिक जलाशयहरु(घोल, ताल एवं सिम, रिजर्भ्वायर तथा अन्तरप्रदेशीय नदी प्रणाली) मा संभाव्यता अध्ययन/सर्वेक्षण गरी उपयुक्त मत्स्य पालन मत्स्य प्रयटन कार्यक्रम निर्धारण एवं कार्यान्वयन गर्ने।

३.   प्राकृतिक जलाशयहरुबाट प्राप्त हुने माछा तथा जलीय जीवजन्य उत्पादनमा आश्रित समुदायको सामाजिक/आर्थिक पक्षको अध्ययन र उपयुक्त कार्यक्रम निर्धारण एवं कार्यान्वयन गर्ने।

४.   प्राकृतिक जलाशयमा जलीय जैविक विविधता कायम राख्न संरक्षण सम्वन्धि कार्यक्रम संचालन गर्ने।

५.   प्राकृतिक जलाशयमा उपयुक्त हुने माछा तथा संभाव्य अन्य जलीय जीवका जात/प्रजातिहरुको विकास र प्रवर्द्धन गर्ने।

६.   स्थानीय माछा लगायतका जलीय जीवहरुको संरक्षण एवं संवर्द्धन सम्वन्धि कार्य गर्ने।

७.   प्राकृतिक जलाशय, जलीय जीव र सो मा आश्रित समुदायसंग सम्वन्धित सरोकारवाला निकाय र संघ संस्थाबीच समन्वय सम्वन्धी कार्य गर्ने।

८.   मत्स्य रोग, मत्स्य दाना र पानीको गुणस्तर सम्वन्धी प्रयोगशाला सेवा संचालन गर्ने।

९.   मत्स्य विज उत्पादन, वितरण र मत्स्य सम्वन्धी प्राविधिक सेवा प्रवाह गर्ने।